निर्वाचन आयोग अगाडी गगन काँग्रेसको धर्ना (तस्बिरहरू)

काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली काँग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ ।

शुक्रवार दिउसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका नेताहरूले आयोगको अगाडी धर्ना दिएका हुन् ।

आयोग अगाडी नेताहरू पलेँटी कसेर धर्नामा बसेका छन् । शुक्रवार बिहान काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरू आधिकारिक भएको दाबी आयोगमा निवेदन दिएका थिए ।

आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली काँग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो । हाल गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना बसेको हो । थापा समूहले बिहीबार केन्द्रीय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =