फुटको संघारमा पुगेपछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
२०८२ पुस २८ गते

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान ११ः०० बजे बस्ने भएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख भएअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातवटै प्रदेशका सभापतिहरूको उपस्थिति रहनेछ ।
सूचनामा बैठकमा महत्त्वपूर्ण विषयहरूमा छलफल हुने जनाइएको छ । यद्यपि, छलफल हुने विषयहरूबारे विस्तृत जानकारी दिइएको छैन ।
२०८२ पुस २८ गते
प्रतिक्रिया
सम्बन्धित









