वार्ताबाट पार्टीको समस्या समाधान हुन्छ: शशांक कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले वार्ताबाट पार्टीको समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वार्ताको माध्यमबाट सबै कुराको समाधान हुने भएकाले वार्ताका लागि डा. शेखर कोइरालाले पहल सुरु गर्ने बताए ।

सोमवार महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशन आह्वान गरेर बन्दसत्र सुरु गरेसँगै सभापति शेरबहादुर देउवा निवासमा नेताहरुबीच छलफल भएको थियो । छलफलपछि वार्ताका माध्यमबाट सबैकुराको समाधान निकाल्ने बताइएको छ ।

उनले भने ‘वार्ताबाट सबैकुरा समाधान हुन्छ, वार्ता नै नगरी कसरी हुन्छ । वार्ताबाट समाधान गर्नुपर्छ । शेखर दाइले कुरा गर्नुहुन्छ ।’
आइतबार काठमाडौँमा महामन्त्री द्वयको आह्वानको विशेष महाधिवेशन सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =