काउन्सिलद्वारा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरूसँग छलफल

काठमाडौं । प्रेस काउन्सिल नेपालले आज पत्रकार आचारसंहिता कार्यान्वयनबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरूसँग छलफल गरेको छ ।

छलफलमा वरिष्ठ पत्रकार युवराज घिमिरेले आचारसंहिताको महत्त्वबारे प्रकाश पारेका थिए । कार्यक्रमका सहभागीहरूले नेपालमा रिपोर्टिङ गर्दाको जटिलता, आचारसंहिताको पालनाका विषयमा आआफ्नो धारणा राखेका थिए ।

दूरदर्शन र एआइआर प्रतिनिधि श्वेता सिंह, एएफपीका प्रतिनिधिद्वय प्रकाश माथेमा र पावन माथेमा, इन्डिया टुडे समूहका पंकज दास, डब्ल्यूआइओएनकी सलोनी मुरारका, चाइना मिडिया ग्रुपकी वर्षा (झाङ युए), प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का शिरीष बी प्रधान, निम्जेनका रजनिश भण्डारी तथा एसिया प्यासिफिक डेलीकी प्रतिनिधि सृष्टि काफ्लेलगायतले छलफलमा आफ्ना भनाइ राखेका थिए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यको प्रमुख आतिथ्यता र काउन्सिलको अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिका संयोजक कुमारी निमा काफ्लेको सभापतित्वमा अन्तरक्रिया सम्पन्न भएको थियो ।

कार्यक्रममा काउन्सिलका सदस्य भीमलाल श्रेष्ठलगायतले प्रेस काउन्सिल नेपालले गरिरहेको अनुगमन, आचारसंहिता पालनाको अवस्था र सूचना तथा प्रसारण विभागबिचको सम्बन्धबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =