नेतृत्व चयन मङ्गलवारबाट, महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सत्तरी प्रतिशत पुर्याउने दाबी

काठमाडौँ । नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या सत्तरी प्रतिशत पुर्याउने दाबी गरेका छन् ।
सोमवार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाधिवेशन पक्षधरहरूले यसबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले आइतबार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरूको संख्या २ हजार ६ सय ६२ रहेकोमा सोमवार ६.२४ प्रतिशतले बढेको बताए ।
संस्थापन पक्ष विधानले नचिन्ने भन्दै पार्टीका नेताहरूलाई बन्द सत्रमा सहभागी हुन आह्वान गरे । उनले विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधिहरूको संख्या सत्तरी प्रतिशत पुर्याएर देखाइदिने बताए । मङ्गलवार नेतृत्व चयनका लागि बन्दसत्र सुरु हुने पनि जानकारी दिए ।
उनले भने ‘हिजो हाम्रो संख्या भन्दा आज ६.२४ प्रतिशतले बढेको छ । हिजो २ हजार ६ सय ६२ थियो । त्यसमा ६.२४ बढ्दा ६३ प्रतिशत भन्दा बढीले हस्ताक्षर गर्नुभएको छ । कोही आउने क्रम जारी छ । संस्थापन हाम्रो विधानले चिन्दैन । पार्टीका नेताहरूलाई आग्रह गर्दछुस् ६६ प्रतिशत भन्ने सुनियो, हामी सत्तरी पुर्याएर देखाइदिन्छौँ । भोलि हाम्रो ९ बजे बन्दसत्र सुरु हुन्छ । ९ वटा ग्रुपहरू रहनुभएको छ । कोशी प्रदेशले रिपोर्ट बुझाउनुभएको छ । भोलि निर्वाचन सुरु हुन्छ ।’
मङ्गलवार निर्वाचन, अनुशासन, केन्द्रीय समिति लगायतका समितिहरू भङ्ग गर्ने बताए ।









