काँग्रेसलाई समाप्त हुन नदिन नेतृत्व परिवर्तन गर्न चाहेको हौंः प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन खोजेको आरोप लगाएको बताएका छन् ।

उनले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई अपमान गर्दै पार्टी संस्थापन पक्षले उनीहरुमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको जिकिर गरेका हुन् ।

आईतवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता पौडेलले नेपाली काँग्रेसको भविष्यका लागि पार्टी नेतृत्व परिवर्तन गर्न आफूहरु लागि परेको बताए ।

उनले काँग्रेसको भविष्य समाप्त हुन नदिन पनि आफूहरुले विशेष महाधिवेशन बोलाएको समेत बताए । ‘नेतृत्व रक्षाका लागि काँग्रेसको भविष्य समाप्त गर्ने कि काँग्रेसको भविष्यको निम्तिनेपाली काँग्रेसको नेतृत्व फेर्ने ? यो हाम्रो हातमा छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि साथीहरु उहाँहरुले काँग्रेसका निम्ति जिवन समर्पित गर्नु भयो । कसैले राज्यको पद प्राप्त गर्नु भएन होला । तर उहाँहरुले नेपाली काँग्रेसमा आफ्नो जीवन समर्पित गर्नु भएको छ । उहाँहरुलाई काँग्रेस फुटाउनु छैन । उहाँहरुलाई काँग्रेस बलियो बनाउनुछ । उहाँहरुलाई काँग्रेसलाई एकतावद्ध गर्नुछ । त्यसैले आदरणीय महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दा उहाँहरुलाई अपमान गरेर काँग्रेस फुटाउन लागेको भनेर भन्न पाँदैन’ उनले भने ।

नेता पौडेलले विशेष महाधिवेशन पक्षधरहरुले पार्टीको विभाजन नचाहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =