देउवालाई गोपालमानले भनेः विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गर्नुपर्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताएका छन् ।

पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

नेता श्रेष्ठले पार्टी नेतृत्वले हठ गरेर बस्न नमिल्ने बताए । उनले पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने उल्लेख गर्दै पार्टी नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको अरोप समेत लगाए । ‘यहाँ कसैले हठ गरिराक्न हुँदैन । विधि र विधान अनुसार अगाडि बढन दिनुपर्छ । विधि र विधानअनुसार चल्नुपर्छ । विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता छ’ उनले भने ।

नेता श्रेष्ठले मुलुकलाई जोगाउनका लागि एकतावद्ध भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =