नाटक ‘खरायो र कछुवा’ को काठमाडौंमा मञ्चन सुरु (तस्बिरहरू)

काठमाडौं । हामीले सानैदेखि सुन्दै आएको खरायो र कछुवाको लोककथामा आधारित छायाँ कठपुतली नाटक ‘खरायो र कछुवा’ को काठमाडौंमा नियमित मञ्चन सुरु भएको छ ।
छायाँ प्रविधि, प्रकाश, संगीत र गतिको प्रयोगमार्फत परम्परागत कथालाई नयाँ ढंगले प्रस्तुत गरिएको यो नाटकले धैर्य, निरन्तरता र घमण्डबीचको द्वन्द्वलाई कलात्मक रूपमा मञ्चमा उतारेको छ ।
यसअघि काठमाडौं बाहिर पूर्वका जिल्लाहरूमा १० वटा सार्वजनिक शो, २० वटा विद्यालय कार्यक्रमसहित ३५ भन्दा बढी पटक मञ्चन गर्दै करिब ४ हजार दर्शकमाझ पुगिसकेको नाटक अब ‘एक थिएटर नेपाल’को प्रस्तुतिमा राजधानीमा मञ्चन हुँदै छ ।
अनिल सुब्बाको निर्देशन रहेको नाटकमा सौजन सेनेहाङ, सन्जित थुलुङ, अजय लामा, शिशिर गिरी, नुमा राई, आकाश सुहाङ लिम्बू र रमिता राईको अभिनय रहेको छ भने प्रत्यक्ष संगीत प्रवृत्ति राईको छ ।
नाटक पुस २५ देखि माघ ५ गतेसम्म हरेक साँझ ५:१५ बजे र शनिबार दिउँसो १ बजे मध्य बानेश्वरस्थित एक थिएटर स्टुडियोमा मञ्चन हुनेछ ।
तस्बिरहरू :-










