खोला मापदण्ड विरोध: पीडितहरूको आन्दोलन जारी (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकाका खोला तथा नदी किनारको मापदण्डसम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पीडितहरूको विरोध निरन्तर जारी छ ।

गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले मुद्दालाई अग्राधिकार दिएर छिटो निर्णय गर्न माग गर्दै बुधवार काठमाडौँमा विरोध प्रदर्शन गरेको हो ।

सरकारले २०६५ सालमा बागमती, विष्णुमती र मनोहरा नदीमा २० मिटर, धोबीखोलामा ९ मिटर, नक्खुमा १२ मिटर तथा अन्य खोलामा ४–१० मिटरसम्म मापदण्ड तोकेको थियो । त्यसैअनुसार धेरैले जग्गा छोडेर घर निर्माण गरेका थिए । तर सर्वोच्च अदालतले २०८० पुस ३ गते थप २० मिटर (कुल ४० मिटरसम्म) क्षेत्रमा संरचना बनाउन निषेध गर्ने फैसला गरेको थियो ।

यसले उपत्यकाका १९ वटा खोलामा ८४ हजारभन्दा बढी घरधुरी प्रभावित हुने अनुमान छ । पीडितहरूले यो फैसलालाई गैरन्यायिक भन्दै जग्गाको मूल्य शून्य हुने र हजारौँ परिवार विस्थापित हुने त्रास व्यक्त गरेका छन् । काठमाडौँ महानगरपालिकालगायत स्थानीय तहले पनि फैसला कार्यान्वयनमा कडाइ गरेपछि विरोध चर्किएको हो ।

प्रदर्शनकारीहरूले जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर्, भूमि हाम्रो प्राण हो, फैसला होइन न्याय दे, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

 हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fourteen =