नेकपाको निष्कर्षः राष्ट्रियताको सवालमा देशभक्तहरुको वृहत समझदारी आवश्यक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको परामर्श बैठकले राष्ट्रियताको सवालमा देशभक्तहरुको वृहत समझदारी आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
मंगलवार पेरिसडाँडामा भएको परामर्श बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता अग्निप्रसाद सापकोटाले यसबारे जानकारी गराएका हुन् ।
उनकाअनुसार बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा छलफल भएको छ । राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, नेपाली जनताको आत्मनिर्णयको अधिकारको सन्दर्भमा पहलकदमी लिनुनर्पे र संविधान, परिवर्तन, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक सिद्धान्तको रक्षाका लागि यसका संवाहक शक्तिहरु एक हुनुपर्ने समय रहेको बताए ।
आगामी २९ गते सबै केन्द्रिय सदस्यहरुको शपथग्रहण समारोह हुने पनि जानकारी दिए । आन्तरिक, संगठनात्मक कुराहरु तदारुकताकासाथ गर्ने र २९ गतेसम्म संगठनात्मक संरचनाहरु सबै तयार गरिसक्ने निर्णय भएको बताए । ‘राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा वृहंगम छलफल भएको छ । राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, नेपाली जनताको आत्मनिर्णयको अधिकारको सन्दर्भमा पहलकदमी लिनुपर्छ । त्यो पहलकदमी लिँदै संविधान, परिवर्तन, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक सिद्धान्तको रक्षाका लागि यसका संवाहक शक्तिहरु छन् । ति सबैसित सहकार्य गर्दै अघि बढ्नुपर्छ । राष्ट्रियताको सवालमा एउटा देशभक्तहरुको वृहत खालको समझदारी कायम हुनुपर्छ । राष्ट्रिय समझदारी बन्नुपर्छ । किनभने भेनेजुयला लगायतका देशहरुको सवाल छ । आगामी २९ गते सबै केन्द्रिय सदस्यहरुको शपथग्रहण समारोह हुनेछ । आन्तरिक, संगठनात्मक कुराहरु तदारुकताकासाथ गर्ने र २९ गतेसम्म संगठनात्मक संरचनाहरु सबै तयार गरिसक्ने निर्णय भएको छ’ उनले भने ।
उनले पार्टीका संयोजक दाहाल पार्टीको कार्यक्रमका लागि भारत भ्रमणमा गएको बताए ।









