विप्लवसँगको एकताबारे वर्षमान भन्छन्–तत्कालका लागि असम्भव
२०८२ पुस २२ गते

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सँग एकता तत्कालका लागि असम्भव जस्तै भएको बताएका छन् ।
मंगलवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चन्दसँग पार्टी एकताको लागि केही कुरा नभएको पनि खुलाए ।
उनले तत्कालीन नेकपा (एकीकृत समाजवादी)सँगको एकताको समयमा चन्द छुटेको भन्दै भविष्यमा आउन चाहेका स्वागत गर्ने पनि बताए । ‘विप्लवजीसँग केही कुरा भएको छैन । अस्ति आउनुपथ्र्यो छुट्नुभयो । अब आउनुहुन्छ भने स्वागत छ । अहिले त्यस्तो आउने सम्भावना हामीले देखेका छैनौँ तत्काललाई’ उनले भने ।
उनले नेकपा व्यवस्था र संविधान निर्माणका लागि लडेको पार्टी भएको भन्दै नयाँ पुराना कुनैपनि शक्तिसँग नडराएको जिकिर गरे ।
२०८२ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित









