देश तीन महिनामा कायापलट हुँदैन : सञ्चारमन्त्री खरेल

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अस्थिर राजनीतिक प्रणालीका कारण नेपालमा विकास हुन नसकेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।

मन्त्री खरेलले नेपालको राजनीतिक प्रणालीमा कुनैपनि मन्त्री वा प्रधानमन्त्रीले पूर्ण रुपमा पाँच वर्ष आफ्नो कार्यकाल पूरा गर्न नसकेको बताए । उनले यस्तो अस्थिर राजनीतिक प्रणालीबाट कायापलट गर्न सम्भव नरहेको जिकिर गरे ।

आफू मन्त्री भएको तीन महिनामा पनि कुनै चमत्कार नहुने उनको भनाइ । मन्त्री खरेलले अहिले भएका अल्झनहरुलाई सुल्झाउने काममा अझै आफू लाग्ने बताए ।

अबको दुई महिनामा मन्त्रालयबाट हुने कुनैपनि अल्झनमा सहयोग गर्ने बताए । ‘जरो हेरेर जानुभयो भने हाम्रो राजनीतिक प्रणालीमा एउटा मन्त्री, प्रधानमन्त्री भीममसेन थापाको पालादेखि अहिलेसम्म आउँदा ५ वर्ष एउटा प्रधानमन्त्रीले पूर्ण रुपमा देश चलाउन, कार्यकाल चलाउन नसकेको मुलुकको जनता र त्यसको अहिलेको मन्त्री म हुँ । कसरी बन्छ त देश ? तीन महिनामा कायापलट हुन्छ ? के ल्याउन सक्नुहुन्छ तपाईंले ? वि क्यान टु नो थिंक, नो चमत्कारिक वल्र्ड । मैले डे वानमा भनेको थिएँ, म कुनै चमत्कार गर्न सक्दिन । केही गर्न सक्दिन फरक छ तर दुःख त नदिउँ न’ उनले भने ।

मन्त्री खरेलले डिजिटल नेपाल रोडम्याप बनाउँदा आवश्यक बुँदाहरु समेट्न सुझाव दिन पनि आग्रह गरे । संविधान संशोधन गर्नुपर्दैन भन्ने कुनै राजनीतिक दल नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + five =