सौराहामा हात्तीको पेनाल्टी सुट आउट (तस्बिरहरू)

सौराहा। १९ औँ हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आज दोस्रो दिन हात्ती फुटबल पेनाल्टी सुट आउटका खेलहरू खेलाइएका छन् ।
सौराहामा पौष ११ गतेदेखि जारी १९ औँ हात्ती तथा पर्यटन महोत्सव–२०८२ क्षेत्रीय होटेल संघ चितवनले आयोजना गरेको हो ।
यस प्रतियोगितामा ६ वटा हात्तीहरू चम्पा कलि, मारुती कलि, पूजा कलि, बसन्ती कलि ‘ए’, लक्ष्मी कलि र बसन्ती कलि ‘बी’ सहभागी छन् ।
युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडबाट चम्पा कलि, क्षेत्रीय होटल संघ नेपाल, चितवनबाट बसन्ती कलि ‘ए’, रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपालबाट बसन्ती कलि ‘बी’, निकुञ्ज सफारी प्रा.लीबाट पूजा कलि, सौराहा जिप तथा डुङ्गा बुकिङ सेन्टरबाट मारुती कलि र कसरा पर्यटन व्यवसायी समिति बाट लक्ष्मी कलिले प्रतियोगितामा भाग लिएका छन् ।
यस प्रतियोगितामा प्रत्येक हात्तीले एकआपसमा ५/५ पटक पेनाल्टी सुट आउट हान्नु पर्ने छ । जसले अन्तिमसम्म सबैभन्दा बढी गोल हान्छ, उहीँ प्रतियोगिताको विजयी बन्ने छ ।
प्रतियोगिताको फाइनल खेल भोलि अर्थात् महोत्सवको अन्तिम दिन पौष १३ गते हुने छ ।
हेर्नुहोस् तस्बिरहरू:









