‘न्यु इयर तथा पञ्जावी पप नाइट विथ मिक्ससिंह जस’ आयोजना हुने

काठमाडौँ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा पहिलो पटक ‘न्यु इयर तथा पञ्जावी पप नाइट विथ मिक्ससिंह जस’को आयोजना हुने भएको छ ।

यो कार्यक्रमको लागि ‘सुनियान सुनियान’ गीतका चर्चित पञ्जावी गायक मिक्ससिंह जस बिहीबार नेपाल आइपुगेका हुन् ।

उनी नेपाल आइपुगेको जानकारी दिन बिहीबार साँझ लाजिमपार्टस्थित होटे मनास्लुमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । जहाँ मिक्ससिंह जसले नेपालमा दर्शक झुमाउन उत्साहित रहेको बताए । भोली शनिवार साँझ ठमेलस्थित क्लब नोभामा करिब चार घण्टासम्म उनले दर्शक झुमाउने छन् । त्यहाँ पञ्जाबी भांगडा डान्ससहित १० ओटा प्रस्तुति रहने जानकारी दिइएको छ ।

पञ्जाबी पप नाइटको आयोजना स्किलमाण्डु नेपालले गरेको छ । यो कार्यक्रमका लागी जनरल दर्शकलाई १ हजारको टिकट राखिए पनि भिआइपी २ हजार र ग्रुपका लागि ५ हजार टिकट दर तय गरिएको छ । गायक मिक्ससिंह जसले नेपाली खाना र पर्यटन प्रवर्द्धनका लागि आफ्नो भ्रमण विशेष हुने पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

‘आफ्नो सुपरहिट गीत ‘सुनियान सुनियान’मा करिब ३० प्रतिशत नेपाली फ्यानको प्रतिक्रिया आएकाले पनि मलाई नेपाल आउने इच्छा बढाएको थियो, उनले भने ‘म अबको तीन दिन नेपाल बसाइँमा पशुपतिनाथ दर्शन, काठमाडौँका पुरातात्त्विक सम्पदा र सगरमाथा बेस क्याम्प घुम्ने योजना छ । हेरम यहाँको मौसमले साथ दिन्छ कि दिन्न, त्यसले आफ्नो सगरमाथा हेर्ने सपना निर्धारण हुनेछ ।’

यस्तै, आफूले थुप्रै नेपाली गीत पनि सुन्ने गरेकाले नेपाली संगीतप्रति समेत झुकाव बढेको उनले बताए । आफ्नो आगामी गीतको नेपालमा छायांकन गर्ने देखि ट्युनिङ मिलेको खण्डमा नेपाली संगीतकार तथा गायकरगायिकासँग सहकार्यको इच्छा समेत व्यक्त गरेका थिए । त्यति मात्रै नभई आफूले नेपालको पयर्टन प्रवर्द्धनमा समेत सघाउन तयार रहेकाले त्यसमा लागि सङ्गीत सबैभन्दा उत्तम माध्यम रहेको उनको बुझाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =