महाधिवेशनको ‘फास्ट ट्रयाक’ मोडालिटीमा कांग्रेसको बहस

ललितपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सुनिश्चितता र प्रक्रियागत जटिलता फुकाउन जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका र मोडालिटीबारे घनीभूत छलफल हुने बुझिएको छ ।

बुधबारदेखि जारी बैठकमा बिहीबार महामन्त्री विश्वप्रकाश शर्माले समयको चापलाई मध्यनजर गर्दै ‘फास्ट ट्रयाक’ बाट महाधिवेशनमा जानुपर्ने प्रस्ताव पेस गरेका थिए । उनले अबको १६ दिनभित्र क्रियाशील सदस्यताको सम्पूर्ण काम टुंग्याएर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन लगत्तै सिधै केन्द्रीय महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् । महामन्त्री शर्माले महाधिवेशनको तोकिएको मितिमा केही दिन हेरफेर हुन सके पनि पार्टीको संस्थागत निर्णय सबैले मान्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू र अन्य पदाधिकारीसहित शीर्ष नेताहरूले आ-आफ्नो धारणा राखेका थिए । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, आजको बैठकमा बाँकी सदस्यहरूले धारणा राखेपछि सभापति शेरबहादुर देउवाले बैठकको निष्कर्ष सुनाउने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =