‘अभिमन्यु: च्याप्टर १’ पुन: हलमा प्रदर्शन हुनुपर्छ- अभिनेता चौरसिया 

काठमाडौँ । अभिनेता कामेश्वर चौरसियाले आफ्नो चलचित्र  ‘अभिमन्यु: च्याप्टर १’ पुन: हलमा प्रदर्शन गर्नुपर्ने माग गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टोरी पोस्ट गर्दै उनले यस्तो बताएका हुन् ।

उनको मूख्य भूमिकामा रहेका चलचित्र  ‘अभिमन्यु: च्याप्टर १’ मंसिर १८ बाट प्रदर्शन आएको थियो ।

त्यसो त कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौँ आएका अभिनेता चौरासियाले १७ वर्षपछि चलचित्रको मुख्य भूमिकामा काम गर्न पाएका थिए । तर उनको फिल्म हलमा लामो समय टिक्न भने सकेन ।

यसै सन्दर्भमा भिडिओमा उनले भनेका छन् ‘वाह! कामेश्वर चौरसिया , वाह!, अब पोस्टरमा मात्रै हेर्नेभयो । कसैले हेर्न पाएन् । मेरो अडियन्स, मेरो फ्यान्स, मलाई माया गर्ने दर्शकहरूले हेर्न पाउनुभएन । सिनेमा हलमा चलेन । मलाई यो फिल्म देखाउनुमा कलाकारिता गर्नमा जुन मजा आएको थियो । देखाउन मन थियो । सबले हेर्नू पर्ने थियो ।’

उनले यस चलचित्रमा काम गर्दा आफूलाई एकदमै मज्जा आएको र सबैलाई देखाउन मन भएको इच्छा व्यक्त गरे ।

‘फेरि पनि प्रदर्शन हुनपर्छ यो सिनेमा हलहरूमा ।’ उनले भने ।

उनले पुन: हलमा आफ्नो चलचित्र लाग्नुपर्ने जिकिर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =