इनड्राइभले सुरु गर्यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ अभियान

काठमाडौँ । इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सुरु गरेको छ ।

यस अभियानले इनड्राइभका प्रमुख सुरक्षा सुविधाहरू—जस्तै भेरीफाईड ड्राइभर प्रोफाइल, रियल–टाइम राइड ट्याकिब, इन–एप (एसओएस) सुविधा, लाइभ राइड सेयरिब, तथा दुई– तर्फी रेटिब प्रणालीलाई उजागर गर्दै प्रयोगकर्तालाई हरेक यात्राअघि, यात्राका क्रममा र यात्रापछि सुरक्षित निर्णय लिन सशक्त बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताको हातमै नियन्त्रण प्रदान गरेर इनड्राइभले आफ्नो प्लेटफर्ममा विश्वास र उत्तरदायित्वको वातावरण निर्माण गर्दै आएको जानकारी दिएको छ ।

इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन् ‘सुरक्षा केवल एउटा सुविधा मात्र होइन, यो साझा जिम्मेवारी हो । इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा अभियानमार्फत हामी प्रयोगकर्तालाई यो सन्देश दिन चाहन्छौँ कि भेरीफाईड ड्राइभर छनोट गर्ने, रेटिब जाँच गर्ने वा लाइभ राइड सेयर गर्ने जस्ता प्रत्येक साना निर्णयले पनि सुरक्षित यात्रामा ठुलो भूमिका खेल्दछ ।’

अभियानअन्तर्गत इनड्राइभले डिजिटल सचेतनामूलक सामग्री, अन ग्राउण्ड एक्टिभिसन तथा शैक्षिक सत्रहरू सञ्चालन गर्नेछ, जून यात्रु र चालक साझेदार दुवैका लागि सुरक्षित अभ्यासहरूमा केन्द्रित हुनेछ । विशेषगरी महिला, विद्यार्थी र दैनिक यात्रुहरूलाई लक्षित गर्दै राइड–हेलिब सेवा प्रयोग गर्दा जिम्मेवार व्यवहारलाई प्रोत्साहित गर्नु यस पहलको मुख्य उद्देश्य रहेको कम्पनीको भनाई रहेको छ ।

यस अभियानमार्फत इनड्राइभले सुरक्षित, निष्पक्ष र पारदर्शी राइड–हेलिब वातावरण निर्माणप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता दोर्होयाएको छ । यस अभियान इनड्राइभको डिजिटल प्लेटफर्महरूमा सञ्चालन हुने र समुदाय संलग्नता मार्फत विस्तार गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =