शिवम् सिमेन्ट्सको साधारणसभाद्वारा १२.५० प्रतिशत लाभांश पारित, बोनस र नगद वितरण हुने

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १२ दशमलव ५० प्रतिशत कुल लाभांश वितरण गर्ने भएको छ । कम्पनीको दशौं वार्षिक साधारणसभा काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको सभापतित्वमा बिहान १०ः३० बजे सुरु भएको सभा दिउँसो १२ः५ बजेसम्म चलेको थियो । सभाले कम्पनीले प्रस्ताव गरेका सबै एजेन्डा सर्वसम्मतिले पारित गरेको छ ।

सभाले सबैभन्दा महत्त्वपूर्ण रूपमा आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ । जसअनुसार :

  • १० प्रतिशत नगद लाभांश (करसहित) : प्रतिशेयर रु. १० अर्थात् कुल रु. ५४ करोड ५६ लाख ८० हजार ८५०
  • २५० प्रतिशत बोनस शेयर : कुल १३ लाख ६४ हजार २०२ कित्ता (रु. १३ अर्ब ६४ करोड २० लाख २१ हजार २५० बराबर)

यो लाभांश वितरणपछि कम्पनीको चुक्ता पुँजी रु. ५ अर्ब ४५ करोड ६८ लाखबाट बढेर रु. ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार ७१२.५० पुग्नेछ ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति एवं पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको कम्पनीले जनाएको छ ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष गौरव गोयलले शेयरधनीहरूले राखेका जिज्ञासा, सुझाव र सल्लाहलाई कम्पनीले गम्भीरतापूर्वक ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कम्पनीको भावी योजना र बजार विस्तारका विषयमा पनि संक्षिप्त प्रकाश पारेका थिए ।

अध्यक्ष गोयलले सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउने सम्पूर्ण शेयरधनी, कर्मचारी र सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =