एकै दिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
२०८२ मंसिर २६ गते

काठमाडौं । शुक्रवार एकै दिन सुनको मूल्य उच्च दरले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार शुक्रवार प्रतितोला सुन ३५ सय रुपैयाँले बढेको छ ।
बिहीवार २ लाख ५३ हजार १०० रुपैयाँ प्रतितोला रहेको सुन शुक्रवार बढेर २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । चाँदी प्रतितोला १०० रुपैयाँले बढेको छ । बिहीवार ३ हजार ८०५ रुपैयाँ रहेको चाँदी शुक्रवार ३ हजार ९०५ रुपैयाँ पुगेको छ ।
२०८२ मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित








