एपीएफ फाइनल पुगे एक लाख, हरेक जितमा २५ हजार दिने एसियन पेन्ट्सको घोषणा
२०८२ मंसिर २५ गते

काठमाडौँ । एसियन पेन्ट्स नेपालले दशरथ रंगशालामा चलिरहेको साफ विमेन्स क्लब च्याम्पियनसिप २०२५ मा नेपाली प्रतिनिधि एपीएफ महिला फुटबल टोलीलाई ठूलो प्रोत्साहन दिने भएको छ ।
कम्पनीले एपीएफ टोली फाइनलमा पुगेमा अतिरिक्त १ लाख रुपैयाँ र प्रतियोगिताको लीग चरण तथा समग्र प्रतियोगितामा प्राप्त हुने हरेक जितका लागि २५ हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको हो ।
मंसिर १९ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुने यो प्रतियोगितामा नेपालको एपीएफसहित भारत, बंगलादेश, भूटान र पाकिस्तानका महिला क्लब च्याम्पियन टोलीहरू सहभागी छन् । कुल ११ खेल हुने प्रतियोगितामा प्रत्येक टोलीले लीग चरणमा ४–४ खेल खेल्नेछन् ।
एसियन पेन्ट्सको यो प्रोत्साहनले खेलाडीहरूमा थप ऊर्जा भर्ने र नेपालमा महिला फुटबलको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
२०८२ मंसिर २५ गते
प्रतिक्रिया
सम्बन्धित








