सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो
२०८२ मंसिर २५ गते

काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुन आज एक हजार रुपैयाँले बढेको हो ।
बुधवार प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीवार बढेर २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बिहीवार चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ ।
बुधवार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
२०८२ मंसिर २५ गते
प्रतिक्रिया
सम्बन्धित








