चलचित्र ‘झिँगेदाउ २’ को छयांकन सुरु

काठमाडौँ । निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट चलचित्र ‘झिँगेदाउ २’को छयांकन सुरु गरेका छन् । सोमबार शुभमुहूर्त सहित साढे तीन करोड लगानी रहने सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेलको छयांकन सुरु गरिएको निर्माता समेत रहेको निर्देशक देउजाले बताए ।

मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट छायांकन सुरु भएको सिनेमाको सेड्युल ६० दिनको राखिएको छ । यो सिनेमाका लागि काभ्रेको पनौतीमा भव्य सेट लगाइएको छ । त्यसपछि काठमाडौँ, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा यो सिनेमाको छायांकन गरिनेछ । अर्को वर्षको दसैँमा रिलिज लक्ष्य राखिएको सिनेमाको कथा ‘झिँगेदाउ’ सकिएको दृश्यबाट नै निरन्तरता दिएको छ ।

कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुसाल, अभय राज बराल, आशिष् पुरुष लगायतका कलाकारको अभिनय रहनेछ ।

निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको सिनेमाको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहने सिनेमामा इशवर घिमिरे प्रोडक्सन म्यानेजर र चन्द्र भण्डारी मुख्य सहायक निर्देशक अनि पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक छन् ।

विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहने सिनेमामा निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =