सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ३ अंकले घटेर परिसूचक २६०६.६७ बिन्दुमा आएको छ ।

आज नेप्से घट्दा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ४६ हजार ४०० कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा ९९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १४७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

दिनभरमा ३३१ वटा कम्पनी कारोबारमा आउँदा ८३ हजार २७३ पटक शेयर किनबेच भएको छ ।

आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

१३ वटा समूह मध्ये हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र ट्रेडिङ समूह बाहेक सबै समूह घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =