‘सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो?’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्र अहिले आर्थिक सङ्क्रमणको मोडमा रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव रहेको, बैंकिङ क्षेत्रमा अधिक तरलता तथा घट्दो ब्याजदरको व्यवस्थापनको चुनौती रहेको बताए । साथै लगानी वातावरणमा अनिश्चितता र राजश्व सङ्कलनको दबाब रहेको बताए । उनले निजी क्षेत्रको साथमा सरकार रहेको बताइए पनि अन्तरिम सरकारको आयु कति हो रु भन्दै प्रश्न गरे ।

अन्तरिम सरकारले ल्याएका नीतिहरू विधि विपरीत रहेको भन्दै स्थायी सरकारले उल्ट्याइदिने र निजी क्षेत्रको लगानी डुब्ने समस्या कायम रहेको बताए । वित्तीय पत्रकारितामा गलत तथ्य, अपुष्ट सूचना र अनावश्यक उत्तेजनाले बजारमा अस्थिरता ल्याउने पनि बताए । सरकारले नीति बनाउने, निजी क्षेत्रले अर्थतन्त्र चलाउने, नियामकले अनुशासन कायम गर्ने र पत्रकारले पारदर्शिता सूचित गर्नुपर्ने बताए ।

उनले भने ‘अर्थमन्त्रीज्यूले भर्खरै भन्नुभयो, निजी क्षेत्रको साथमा सरकार छ । निजी क्षेत्र र सरकार त साथमा छ । यो सरकारको आयु कति हो । तर स्थायी सरकार हाम्रो साथमा छैन जस्तो लाग्छ । सरकारले जे पनि नीतिहरू ल्याउँछ, स्थायी सरकारले त्यसलाई कानुन विपरीत भयो भनेर पल्टाइदिन्छ । वित्तीय पत्रकारितामा गलत तथ्य, अपुष्ट सूचना र अनावश्यक उत्तेजनाले बजारमा अस्थिरता ल्याउनसक्छ । सरकारले नीति बनाउने हो, निजी क्षेत्रले अर्थतन्त्र चलाउने हो, नियामकले अनुशासन कायम गर्ने हो र पत्रकारले पारदर्शिता सूचित गर्ने हो । यो चार स्तम्भको सहकार्य बिना आर्थिक वृद्धि सम्भव छैन । नेपालको अर्थतन्त्र अहिले आर्थिक सङ्क्रमणको मोडमा छ । निजी क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव छ । बैंकिङ क्षेत्रमा अधिक तरलता तथा घट्दो ब्याजदरको व्यवस्थापनको चुनौती छ । लगानी वातावरणमा अनिश्चितता छ । राजश्व सङ्कलनको दबाबमा छ ।’

उनले निजी क्षेत्र लामो समयसम्म टिक्नसक्ने स्थिति नरहेको बताए । निर्यात अभिवृद्धिदर, उत्पादकत्व वृद्धि जस्ता संरचनागत आर्थिक आवश्यकताहरू देखिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =