नेपालमा केही हुन्न भन्ने भाष्य चिर्न जरुरी : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् ।

सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले नेपालकै पुँजी पनि धेरै ठूला आयोजना बनाउन सकिने बताए । नेपालमा ठूला पूर्वाधार बनाउनका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडीपी) बनाइएको बताए ।

उनकाअनुसार त्यसमा धेरै व्यवसायी समेटेर नेपालकै पुँजी परिचालन गरेर ४०/५० अर्बका प्रोजेक्ट बनाउन थालिएको छ । ढकालले नेपालमै लगानीको वातावरण रहेको सन्देश दिनका लागि पनि एनडीपीको योजनालाई अघि बढाइएको बताए ।

अध्यक्ष ढकालले आम व्यवसायीसँगै नागरिकको मनोबल उकास्ने गरी अब सरकारले काम गर्न जरुरी रहेको बताए । ‘वास्तवमा सुरक्षाको कुरा एकदमै महत्वपूर्ण भएको छ । आउने दिनमा कुनै एउटा व्यवसायी, व्यक्ती भन्दा पनि आम नागरिकलाई कन्फिडेन्ट दिने खालको सुरक्षा प्रवन्ध मिलाइनुपर्छ’ उनले भने ।

सोही कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरन्द्रबहादुर पाण्डेले मुलुकमा चुनावपछि निजी क्षेत्रले लगानीको वातावरणमा सुधार हुने अपेक्षा राखेको बताएका छन् ।

उनले निर्वाचन अघि बनेको यो सरकारले नीतिगत कुराहरुलाई समेत प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । ‘अर्थतन्त्रको कुनै एउटा क्षेत्रलाइ असर पर्दा त्यसको असर समग्र अर्थतन्त्रलाइ नै पर्छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै दीगो विकासका लागि नीतिगत तथा कानुनी सुधार गर्नुपर्छ’ उनले भने ।

अध्यक्ष पाण्डेले जेनजी आन्दोलनपछिको सिथिलतालाई सबै मिलेर सामना गर्दै सबल अर्थतन्त्रका लागि अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =