औषधि ऐनको अव्यवहारिक प्रावधान हटाउन माग गर्दै विभागमा धर्ना (तस्बिरहरू)

काठमाडौँ । औषधि व्यवसायीहरूले औषधि ऐन, २०३५ को दफा ११ मा राखिएको अव्यवहारिक प्रावधान खारेज गर्नुपर्नेमा माग राख्दै औषधि व्यवस्था विभागमा विभागमा धर्ना दिएका छन् ।

शुक्रवार नेपाल व्यवसायी महासंघको अगुवाइमा व्यवसायीहरूले म्याद सकिनुअघि नवीकरण नगरे शतप्रतिशत जरिवाना लाग्ने र ३१ औँ दिनमा इजाजतपत्र, प्रमाणपत्र स्वतः रद्द हुने जस्ता प्रावधानहरू खारेज गर्न माग गर्दै विभाग अगाडि धर्ना दिएका हुन् ।

प्रशासनिक वा प्राविधिक कारणले ढिलो भएको नवीकरणलाई कमजोरीको रूपमा लिई सहज समाधानका रूपमा सम्बोधन गर्ने व्यवस्था तत्काल लागू गर्न उनीहरूको माग छ ।

नेपाल औषधि व्यवसायी संघ काठमाडौँ शाखाका महासचिव शुभमन श्रेष्ठले लामो समयसम्म औषधि व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारले चासो नदिएको कारण धर्नामा बस्नुपरेको बताए । उनले औषधि ऐनमा आवश्यक संशोधन गरी औषधि व्यवसायीको संरक्षण, सहज व्यावसायिक वातावरण र जनस्वास्थ्यमैत्री नीति सुनिश्चित गर्ने खालको सुधारात्मक व्यवस्था गर्न माग गरे ।

कानुन आयोगबाट बनाइएको औषधि ऐनको विधेयक यथाशीघ्र प्रमाणीकरणका लागि अघि बढाउन समेत व्यवसायीहरूले माग गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =