‘ऊनको स्वीटर’ शुक्रवारदेखि भारतमा रिलिज हुने

काठमाडौँ । भारतमा नेपाली चलचित्र ‘ऊनको स्वीटर’ शुक्रवारदेखि प्रदर्शनमा आउने भएको छ ।

यस चलचित्रको प्रचार९प्रसारका लागि आयोजित ‘ऊनको स्वीटर साँझ’ बुधवार सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी ९एमजी० मार्गमा भव्य रूपमा सम्पन्न भयो । कार्यक्रममा हजारौँ दर्शकको उत्साहपूर्ण सहभागिताले नेपाली चलचित्रप्रति भारतका नेपाली भाषी समुदायको आकर्षण पुस्टी गर्‍यो ।

कार्यक्रममा नेपालका लोकप्रिय गायक सुजन चापागाईँले चलचित्रका गीतहरू प्रस्तुत गर्दै वातावरण रोमाञ्चक बनाए । उनीसँगै नेपालबाट आएका अभिनेता विपिन कार्की, अभिनेत्री भावना खपांगी मगर, निर्देशक नवीन चौहान, गीतकार हर्क साउद, सङ्गीत निर्देशक कोविद बज्र, छायाङ्कन निर्देशक चिन्तन राजभन्डारी, कार्यकारी निर्माताहरू मिलन खत्री र सागर बुढाथोकीलगायत टिमका सदस्यहरू उपस्थित थिए ।

सिक्किम र दार्जिलिङ क्षेत्रका चर्चित कलाकारहरूसमेत कार्यक्रमको आकर्षण बने । अनमोल गुरुङ, प्रकाश क्षेत्री, सिम्रन गुरुङ, रिको लामा, र्‍यापर देवा, सोनम ओङ्मु इथेन्पालगायतका कलाकारहरूले आफ्ना प्रस्तुति दिए । त्यस्तै, अमृता राईले चलचित्रको चर्चित गीत ‘काफ्ले’मा नृत्य प्रस्तुत गरिन् भने नेपालबाट गएका नर्तक सुरज सिंहजाली मगरले ‘चाइनेजो जिन्दगानी’मा प्रस्तुति दिए ।

‘ऊनको स्वीटर’ नोभेम्बर २१ देखि दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीका प्रमुख हलहरूमा रिलिज हुँदैछ । यसअघि भारतको सेन्सर बोर्डबाट पास भइसकेको चलचित्रलाई एसली प्रोडक्सनले वितरण गर्दैछ । बिहीबार साँझ सिक्किममा विशेष प्रिमियर शो आयोजना गरिएको छ ।

निर्देशक नवीन चौहानले नेपालमा जस्तै भारतमा पनि चलचित्रले उल्लेखनीय सफलता पाउने विश्वास व्यक्त गरे । वितरक एसली प्रोडक्सनका प्रमुख एवन राईले यो आफ्नो पहिलो प्रयास सफलताको दिशामा अग्रसर भएको बताउँदै आगामी दिनहरूमा भारतीय बजारमा नेपाली चलचित्रलाई नियमित रूपमा ल्याइने बताए ।

सोही अवसरमा गायक सुजन चापागाईँले आगामी डिसेम्बर २३ मा गान्तोकमा ‘सुजन चापागाईँ एन्ड द इन्फिनिटी’ ब्यान्डको कन्सर्ट हुने घोषणा गरे ।

नेपालमा करिब १२ करोड रुपैयाँभन्दा बढी बक्स अफिस कमाई गर्दै वर्षकै चर्चित चलचित्र मध्ये एक बनेको ‘ऊनको स्वीटर’ले यथार्थपरक कथा, प्रभावशाली अभिनय र मन छुने सङ्गीतका कारण दर्शक र समीक्षक दुवैबाट प्रशंसा पाएको थियो । भारतमा पनि सोही लोकप्रियता दोहोरिने अपेक्षा निर्माण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =