परिवर्तनशील विश्वमा ‘भविष्यमुखी’ शौचालयको आवश्यकता (तस्बिरहरू)

काठमाडौँ । सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसावको अन्त्य तथा दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमसँगै मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघले सन् २०१३ देखि प्रत्येक वर्ष नोभेम्बर १९ लाई यो दिवसको रूपमा मनाउने निर्णय गरेको हो ।

विश्वव्यापी रूपमा यो दिवसले सरसफाई संकटलाई उजागर गर्दछ । संयुक्त राष्ट्रसंघकाअनुसार विश्वका ३४ लाख ७० हजारभन्दा बढी मानिसहरू अझै सुरक्षित शौचालयबिनाको जीवन जिउन बाध्य छन् । शौचालयको अभावले स्वास्थ्य संकट निम्त्याउँछ । तर यसको उपस्थितिले जीवन रक्षा गर्छ ।

नेपाल सरकार, निजी क्षेत्र र नागरिक समाजको संयुक्त प्रयासबाट उपत्यकाका फोहोर शौचालयहरूलाई सुविधायुक्त बनाउन सकिन्छ । काठमाडौँ उपत्यकामा अझै पर्याप्त सार्वजनिक शौचालयको अभाव छ । भएका कतिपय शौचलयहरु फोहोर र पानीविहीन छन् ।

यसमा थप सुधार गर्न आवश्यक छ ।

तस्बिरमा हेर्नुहोस् फोटो पत्रकार अनुप प्रधानले विश्व शौचालय दिवसको अवसरमा कैद गरेका काठमाडौँ उपत्यका केही सार्वजनिक शौचालयका तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =