बुबाको स्वास्थ्य अवस्था सुधारोन्मुख: ईशा देओल

काठमाडौँ । भारतका वरिष्ठ अभिनेता धर्मेन्द्रको स्वास्थ्य अवस्था ठिक रहेको छोरी ईशा देओलले जानकारी दिएकी छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत यस्तो जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन् ‘मिडियाले अत्यधिक प्रचार गरिरहेको र झूटा समाचार फैलाएको देखिन्छ। मेरो बुबा स्थिर हुनुहुन्छ र निको हुँदै हुनुहुन्छ। हामी सबैलाई हाम्रो पारिवारिक गोपनीयता जोगाउन अनुरोध गर्दछौँ। बुबाको छिटो निको हुनको लागि प्रार्थनाको लागि धन्यवाद।’

पछिल्लो समय सामाजिक सञ्जालमा अभिनेता धर्मेन्द्रको निधन भएको चर्चा चलेको थियो । यसबीच छोरी ईशा देओलले धर्मेन्द्रको स्वास्थ्य अवस्था ठिक रहेको स्पष्ट पारेकी हुन् ।

८९ वर्षका धर्मेन्द्र स्वास्थ्य बिग्रिएपछि हालै मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eleven =