राष्ट्रिय आर्थिक बहस कार्यक्रम सुरु, प्रधानमन्त्री कार्की प्रमुख वक्ता
२०८२ कार्तिक २२ गते

काठमाडौँ । काठमाडौँमा ‘राष्ट्रिय वृहत् आर्थिक बहस २.०’ कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल लगायतका नेपालको अर्थ क्षेत्रका कार्यरत सरकारी तथा निजी क्षेत्रका विज्ञहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
जेन–जी आन्दोलन पछि उत्पन्न मुलुकको आर्थिक अवस्थाको वृहत् छलफल गरी आगामी बाटो तय गर्ने उद्देश्यले महासंघले सो कार्यक्रम आयोजना गरेको हो । महासंघले यसअघि २०८० सालमा पनि आर्थिक बहस कार्यक्रम आयोजना गरेको थियो ।
२०८२ कार्तिक २२ गते
प्रतिक्रिया
सम्बन्धित








