निःशर्त एमालेमा फर्किन्छौं, हामीलाई हाँसेर बोलिदिए पुग्छ : कृष्णकुमार श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता कृष्णकुमार श्रेष्ठ आफू नेकपा एमालेमा निःशर्त फर्किन तयार रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

श्रेष्ठले नेतृ रामकुमारी झाँक्रीसहित आफूहरू कुनै शर्त बिना एमालेमा फर्कन चाहेको र आफूहरूलाई हाँसेर बोलिदिए पुग्ने जिकिर गरे । उनले आफूहरूले पसिना बगाएको र जीवन अर्पण गरेको पार्टीमा फर्किन चाहेको स्पष्ट पारे । आफूहरू कुनै पदका लागि नभई ‘घर फर्किन’ लागेको उनले बताए ।

उनले भने, ‘हाम्रो पार्टीले नेकपा (माओवादी केन्द्र) सहित पार्टी एकता गर्ने निर्णय गर्‍यो । र अर्को हाम्रा पार्टीका महासचिव, सम्मानित नेताहरूले अर्को पार्टी पुनर्गठन गर्ने प्रक्रियामा हुनुहुन्छ । हामी यो टिम वा हामी साथीहरू, पार्टीका स्थायी कमिटीका सदस्य रामकुमारी झाँक्री लगायतका साथीहरू कसैसँग समाहित र कसैसँग एकता भन्दा पनि हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा फर्किने अभियानमा छौँ ।’

श्रेष्ठले आफूहरू घर फर्किने क्रममा नेकपा एमालेसँग वार्ता संवादमै रहेको जानकारी दिए । ‘हामी कुनै पदको लागि होइन, निःशर्त घरमा फर्किँदै छौँ । हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए र सम्मानजनक व्यवहार गरिदिए पुग्छ,’ उनले थपे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =