‘मन बिनाको धन’ चलचित्रको ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौँ । चलचित्र ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक भएको छ ।

आज बुधवार एक कार्यक्रमका बीच चलचित्र ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा बालगायक अशोक दर्जीकै वास्तविक जीवनलाई पर्दामा स्थान दिइएको देखिन्छ ।

चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झालगायत कलाकारको अभिनय रहेको छ ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’चलचित्रलाई टंक बुढाथोकी आफैँले लेखेका हुन् भने पटकथा र संवाद शिवं अधिकारीको छ ।

चलचित्र ‘मन बिनाको धन’ यही कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने तयारी रहेको छ ।

हेर्नुहोस् भिडिओ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =