गायिका नितु पौडेलको पशुपतिमा अन्त्येष्टि
२०८२ कार्तिक ८ गते

काठमाडौँ । पशुपति आर्यघाटमा गायिका नितु पौडेलको पार्थिव शरीरको अन्त्येष्टि गरिएको छ ।
आज शनिबार दिउँसो पोस्टमार्टमपछि शवको अन्त्येष्टि गरिएको हो ।
गत शनिवार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
आज बिहान साढे ८ बजे कीर्तिपुरस्थित वर्न अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भयो ।
मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको थियो ।
गिरी र पौडेल लामो समयदेखि एकअर्कासंग प्रेम सम्बन्धमा थिए ।
२०८२ कार्तिक ८ गते
प्रतिक्रिया
सम्बन्धित








