वसन्तपुरमा अञ्जली दिदीको सामूहिक भाइटिका (तस्बिरहरू)

काठमाडौँ । हरेक वर्षको भाइटिकाझैँ यो वर्षपनि अञ्जली दिदीले सामूहिक भाइटिका लगाइदिएका छन् ।

काठमाडौँमा २०५५ सालदेखि नै सामूहिक रूपमा भाइटिका लगाउँदै आएकी ताहाचलकी अञ्जली दिदीले विगत बर्सहरूझैँ यस वर्षपनि सामूहिक रूपमा भाइटिका लगाइदिएका हुन् ।

काठमाडौँको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा आज (आइतबार) उनले सयौँको संख्यामा सामूहिक भाइटिका लगाइदिएका हुन् ।

अञ्जली दिदीले तिहारको अवसरमा भाइटिका लगाइदिएको यस वर्षसँगै २६ वर्ष पूरा भएको छ । सबैमा भ्रातृत्वको भावना हुनुपर्ने बताए । अहिलेसम्म भाईटीकालाई निरन्तरता दिइरहेको र स्वास्थ्यले साथ दिने बेलासम्म लगाइरहने बताए ।

उनले भने ‘कोही पनि दाजुभाइलाई भेदभाव नगरीकन भाइटिका लगाएका छौँ । सबैमा यस्तै किसिमको भ्रातृत्वको भावना होस् । अहिलेसम्म निरन्तरता दिइरहेको छु । टीका लगाउनु नै ठुलो कुरा हो भनेर आउनुभएको छ । दीर्घायु, चीरायुको कामना गर्दछु । शरीरले साथ दिएसम्म टीका लगाइरहनेछु ।’

स्याङ्जाका २०४८ सालदेखि टीका लगाउँदै आएका स्याङ्जाका खेमबहादुर नेपालीले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अञ्जली दिदीलाई सम्मान गर्न माग गरे ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fifteen =