कलंकीमा सुविधा सम्पन्न ‘यात्रु प्रतीक्षालय’, देशभर विस्तार गर्ने लक्ष्य

काठमाडौँ । कलंकीमा नेपालकै पहिलोपटक सुविधासम्पन्न प्रतीक्षालय सञ्चालनमा आएको छ ।

देशको जुनसुकै ठाउँका लागि पनि टिकट काट्न सकिने अनलाइन प्लेटफर्म बससेवा डटकमले यात्रुहरूका लागि सुविधासम्पन्न प्रतीक्षालय सञ्चालनमा ल्याएसँग यात्रुहरूलाई गाडी कुरेर बाटोमा बस्नुपर्ने बाध्यता कम भएको छ ।

प्रतीक्षालयमा ७० देखि १ सय जनासम्म यात्रुहरू विश्राम गर्न कुर्सीहरू राखिएको छ । यात्रुहरूका लागि फ्री वाइफाईको व्यवस्था गरिएको छ भने चिसो, तातोपानीको समेत व्यवस्था गरिएको छ । बस सेवा डटकमका बिजनेस हेड डेनिसजंग थापाले बसको टिकट काट्ने यात्रुलाई फोकस गरेर नेपालमै पहिलो पल्ट सुविधा सम्पन्न यात्रु प्रतीक्षालय खोलिएको बताए ।

उनकाअनुसार बस सेवा डटकमले सोही प्रतीक्षालयबाट पनि अनलाइन टिकटको व्यवस्था गरेर यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था गरेको छ ।

बिजनेस हेड डेनिसजंग थापाले भने ‘बसको टिकट काटेर यात्रु प्रतीक्षालयमा मज्जाले यात्रु प्रतीक्षालयमा बस्न सकिन्छ । बाइफाइ, चिया, तोतो चिसो पानीको व्यवस्था पनि गरेका छौँ । बसपार्कदेखि कलंकीसम्म गाडी नआउन्जेल मज्जाले यहाँ बस्न पाइन्छ । यहाँ ७० देखि १०० जना यात्रु प्रतीक्षालयमा बस्न सक्नुहुन्छ । बेलुका र बिहानमा यात्रुहरूको चाप प्रतीक्षालयमा हुने गरेको छ ।’

उनकाअनुसार आगामी दिनमा कलंकीमा मात्रै नभएर देशका विभिन्न बसपार्क नजिक यस्ता खाले प्रतीक्षालय बनाउने योजना बस सेवाको रहेको छ । यात्रुहरूलाई बस चढ्ने र झर्ने बेला धेरै नै दुःख देखेर आफूहरूले कलङ्कीसहित अन्य ठाउँमा समेत सुविधासम्पन्न प्रतीक्षालय खोल्न प्रेरित गरेको थापाले बताए ।

कलङ्कीको प्रतीक्षालयमा एसीको समेत व्यवस्था गरिएको उनको भनाइ छ । प्रतीक्षालयमा ४÷५ जना कर्मचारीहरू समेत छन् । उनीहरूले यात्रुको समानको समेत सुरक्षा गर्ने गरेका छन् ।

कलङ्कीको सुविधासम्पन्न प्रतीक्षालयमा बसको यात्रु बालकृष्ण पाण्डेले यात्रु प्रतीक्षालयले धेरै सहज बनाएको बताए । उनकाकाअनुसार पहिला काठमाडौँ आउँदा कलंकीमा धेरै दुःख पाइने समस्या रहेकोमा अहिले अञ्जानको ठाउँमा आउँदा पनि यात्रु प्रतीक्षालयकै कारण केही सहज महसुस हुने बताउँछन् ।

यात्रु पाण्डेले भने ‘बससेवाले सञ्चालन गरेको यात्रु प्रतीक्षालय एकदमै राम्रो लाग्यो । मैले कपिलवस्तुबाट टिकट काटेर आउँदा पनि बससेवा अनलाइनबाटै काटेको थिए, काठमाडौँमा झर्दा पनि यसैको प्रतीक्षालयमा बस्न पाए । पहिले कलंकीमा झर्दा बाटोमा उभिनुपर्ने समस्या थियो । प्रतीक्षालय बनेपछि यहाँ बस्न पाइयो । धेरै आनन्द आयो । धेरै खुसी समेत लाग्यो ।’

बस सेवा डटकमकाअनुसार दैनिक सयौँले यो प्लेटफर्ममार्फत टिकट काटेर यात्रा गरिरहेका छन् । जसकारण यात्रु ठगिने समस्या हटेको छ भने लामो लाइनमा बस्नुपर्ने झन्झट पनिको कमी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =