प्रतिनिधिसभा ब्युँताउन सर्वोच्च जाने मुडमा सभामुख घिमिरे

काठमाडौ । मुलुकको राजनीतिमा विकसित नयाँ घटनाक्रमसँगै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यलाई तीव्रता दिएका छन् । यसै सन्दर्भमा सभामुख घिमिरेले आज सिंहदरबारमा ११ वटा राजनीतिक दलका शीर्ष नेता तथा प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।

सभामुखको सचिवालयले दिएको जानकारीअनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतका प्रमुख दलहरू छलफलमा सहभागी थिए । यसैगरी, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा विघटन हुनुअघिका प्रमुख सचेतकहरूले पनि बैठकमा आफ्नो उपस्थिति जनाएका थिए ।

बैठकको मुख्य एजेन्डा संसद् पुनर्स्थापनाको माग लिएर सभामुख स्वयं सर्वोच्च अदालत जाने वा नजाने भन्ने विषयमा केन्द्रित रहेको बताइएको छ । सभामुख घिमिरेले यस विषयमा कानुनी तथा राजनीतिक परामर्शका लागि दलहरूसँग राय लिएको बुझिएको छ ।

संसद् विघटनको यो कदमले संसदीय लोकतन्त्र र संवैधानिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको भन्दै सभामुखले यसअघि नै असन्तुष्टि व्यक्त गरिसकेका थिए । अब दलहरूसँगको छलफलपछि उनी कुन दिशामा अघि बढ्छन् भन्नेबारे आम चासो बढेको छ । रा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =