नेपालमा प्रोटोनको उपस्थिति विस्तार, बुटवलमा खुल्यो नयाँ शोरुम

काठमाडौँ । जगदम्बा मोटर्स प्रा.ली.अन्तर्गत रहेको नेपालको ईभी ब्रान्ड प्रोटन इमासले बुटवलमा आफ्नो नयाँ सोरुम उद्घाटन गरेको छ ।

यो उद्घाटनले कम्पनीको तीव्र गतिमा भइरहेको देशव्यापी विस्तार यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि जोडेको कम्पनीले जनाएको छ ।

उद्घाटन अवसरमा ब्रान्डले १५ वटा प्रोटन इमास सवारीसाधनहरू ग्राहकलाई हस्तान्तरण गरेको छ, जसमा दसैँअघि १० युनिट र हाल थप ५ युनिट वितरण गरिएका छन् ।

भव्य उद्घाटन कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यक्तिहरू र समुदायका प्रतिनिधिहरू उपस्थित थिए । नयाँ थ्रीएस शोरुममा विश्वस्तरीय सेवा, बिक्री सहयोग र ग्राहक सेवा सुनिश्चित गर्दै बुटवलका प्रोटन इमासका ग्राहकहरूले उच्चस्तरीय विद्युतीय सवारी अनुभव गर्न पाउने कम्पनीले दाबी गरेको छ ।

यस शोरुमको व्यवस्थापन बलाजी ई अटोमोबाइल्सले गर्नेछ ।

शोरुमको उद्घाटन मुख्य अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद आर्यालले गरेका थिए । कार्यक्रममा अन्य प्रतिष्ठित व्यक्तिहरू र सञ्चार माध्यमका प्रतिनिधिहरू पनि उपस्थित थिए, जसले प्रोटन इमस ७ प्रति आफ्नो रुचि व्यक्त गरेका थिए ।

कम्पनीका अनुसार अघिल्लो साँझ आयोजित प्रि–उद्घाटन वितरण समारोहमा ग्राहकहरूको अत्यधिक उत्साह देखिएको थियो । सो अवसरमा कैयौँ इमास ७ का मालिकहरूले आफ्ना अनुभवहरू साझा गरेका थिए, जसले त्यहीँ अवसरमा नयाँ बुकिङहरूलाई उत्प्रेरित गरेको थियो ।

यस अवसरमा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष श्री राजु भेटवालले भने ‘हाम्रो बुटवल शोरुमको उद्घाटनले प्रोटन इमासको नेपालका हरेक परिवारलाई उन्नत, भरपर्दो र स्टाइलिश विद्युतीय सवारीसाधन पहुँचयोग्य बनाउन गरेको प्रतिबद्धतालाई झल्काउँछ । हामीलाई बुटवलका मानिसहरूले हाम्रो सफा र स्मार्ट गतिशील भविष्यको दृष्टिकोणलाई अंगिकार गरेकोमा गर्व छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =