कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, यस्तो प्लेइङ–११
२०८२ असोज २२ गते

काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी क्षेत्रीय छनोट अन्तर्गत नेपालको अभियान आज सुरु हुँदैछ ।
ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा भइरहेको प्रतियोगितामा नेपालले पहिलो खेलमा कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
टस जितेको कुवेतले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो।
नेपाली प्लेइङ–११
नेपालले आजको खेलमा कप्तान रोहितकुमार पौडेल सहित बलियो प्लेइङ–११ मैदानमा उतारेको छ ।
- कुशल भुर्तेल
- आसिफ शेख
- रोहितकुमार पौडेल
- कुशल मल्ल
- सन्दीप जोरा
- दीपेन्द्रसिंह ऐरी
- गुल्सन झा
- सोमपाल कामी
- नन्दन यादव
- सन्दीप लामिछाने
- ललितनारायण राजवंशी
करण केसी, आरिफ शेख, लोकेश बम र आदिल अन्सारी बेञ्चमा छन् ।
२०८२ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








