कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, यस्तो प्लेइङ–११

काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी क्षेत्रीय छनोट अन्तर्गत नेपालको अभियान आज सुरु हुँदैछ ।

ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा भइरहेको प्रतियोगितामा नेपालले पहिलो खेलमा कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

टस जितेको कुवेतले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो।

नेपाली प्लेइङ–११

नेपालले आजको खेलमा कप्तान रोहितकुमार पौडेल सहित बलियो प्लेइङ–११ मैदानमा उतारेको छ ।

  • कुशल भुर्तेल
  • आसिफ शेख
  • रोहितकुमार पौडेल
  • कुशल मल्ल
  • सन्दीप जोरा
  • दीपेन्द्रसिंह ऐरी
  • गुल्सन झा
  • सोमपाल कामी
  • नन्दन यादव
  • सन्दीप लामिछाने
  • ललितनारायण राजवंशी

करण केसी, आरिफ शेख, लोकेश बम र आदिल अन्सारी बेञ्चमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =