भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपालमा विपद्का कारण दुःख व्यक्त
२०८२ असोज १९ गते

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
उनले आज सामाजिक सञ्जाल एक्समार्फत यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताए ।
साथै प्रधानमन्त्री मोदीले विपद्को घडीमा छिमेकी मित्रराष्ट्रका हैसियतले आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२०८२ असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित








