चीनद्वारा दुई नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण
२०८२ असोज १४ गते

एजेन्सी । चीनले सोमवार दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाएको छ ।
परीक्षण उपग्रहहरू शियान–३० ०१ र ०२, बिहान ११ः०० बजे (बेइजिङ समय) लङ मार्च–२डी क्यारियर रकेटबाट प्रक्षेपण गरिएको थियो । तिनीहरूको पूर्वनिर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको बताइएको छ ।
उपग्रहहरू मुख्यतया पृथ्वी अवलोकन प्रविधिहरूको प्रयोगात्मक प्रमाणीकरणको लागि प्रयोग गरिनेछ । प्रक्षेपण लङ मार्च शृङ्खला क्यारियर रकेटहरूको ५९८ औं उडान मिसन थियो ।
२०८२ असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित








