विल्सन राईद्वारा निर्देशित चलचित्र ‘मैझारो’ को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौँ । विल्सन विक्रम राईले निर्देशन गरेको पहिलो चलचित्र ‘मैझारो’ को टिजर सार्वजनिक भएको छ ।

बडादसैँ घटस्थापनाको अवसर पारेर निर्माण टिमले आज चलचित्रको टिजर सार्वजनिक गरेको हो ।

सार्वजनिक टिजरमा मुख्य कलाकारहरू धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेमकथालाई देख्न सकिन्छ । जसले दर्शकहरूलाई चलचित्र हेर्न अझ उत्सुकता थपिदिएको छ ।

चलचित्र ‘मैझारो’लाई निर्देशक विल्सन राईले नै लेखेका हुन् । यसमा धिरज मगर, मिरुना मगर, दिया पुन, दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरु लगायतका थुप्रै कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्र ‘मैझारो’ आगामी कार्तिक ७ गतेबाट देशभर प्रदर्शनमा आउने तयारी रहेको छ ।

हेर्नुहोस् टिजर :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =