अभिनेता बराललाई पुत्रीलाभ
२०८२ असोज ६ गते

काठमाडौँ । अभिनेता विजय बराललाई पुत्री लाभ भएको छ ।
आज सामाजिक सञ्जाल फेसबुकमा दुई तस्बिर साझा गर्दै उनले आफूलाई पुत्री लाभ भएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन् ‘आज जीवनले फेरि एउटा कविता लेखिदियो, प्रिय प्रमिला । न्यानो सास, मनमा चलेको बेजोड ढुकढुकी र आमाको थाकेको अनुहारबीच । जन्मिएको फेरि एउटा नयाँ संसार । परिवारमा सदस्यको रूपमा लक्ष्मीको आगमन भएको सुखद जानकारी गराउन चाहे ।’
यससँगै अभिनेता बराल दोस्रो सन्तानको पिता बनेका छन् । विजय र प्रमिलाले लकडाउनको समयमा विवाह गरेका थिए ।
२०८२ असोज ६ गते
प्रतिक्रिया
सम्बन्धित








