सिम्रिक एयरमा आक्रमण गर्ने जो सुकै भएपनि कडा कारबाही होस् : वायुसेवा संघ
२०८२ भदौ २९ गते

काठमाडौँ । वायुसेवा सञ्चालक संघ नेपालले सिम्रिक एयरमा आक्रमण गरी व्यापक रूपमा भौतिक क्षति पुर्याएको भन्दै गंम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
संघले आज एक विज्ञप्ति जारी गर्दै निवर्तमान अध्यक्ष क्या.रामेश्वर थापाको निजी निवास तथा उनको कम्पनी सिम्रिक एयरमा भौतिक क्षति पुर्याएको भन्दै ध्यानाकर्षण गराएको हो ।
विज्ञप्तिमा जेनजी समूहद्वारा गरेको आन्दोलनका क्रममा केही अराजक तथा उच्छश्रृखंल मनोवृत्ति भएका व्यक्तिहरूले वायुसेवा कम्पनी माथि गरेको आक्रमणले व्यवसाय नै धरापमा पर्न गएको उल्लेख गरिएको छ ।
यस्ता घृणित कार्य गर्ने गराउने जो सुकै भएपनि उचित छानबिन गरी सत्य तथ्य पत्ता लगाई दोषी माथि कडा भन्दा कडा कारबाही गर्न संघले सम्बन्धित निकायलाई अपिल गरेको छ ।
२०८२ भदौ २९ गते
प्रतिक्रिया
सम्बन्धित








