सपनाहरू टुटेका छैनन्, हातेमालो गरी छिट्टै सेवा सुचारु गर्छौँ : मौलाकाली केबलकार

काठमाडौँ । गैँडाकोट-१, नवलपुरस्थित मौलाकाली केबलकार लिमिटेडले सपनाहरू नटुटेको बताएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस्तो बताएको हो ।
कम्पनीले जेन-जी प्रदर्शनका क्रममा भएका दुःखद घटनामा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति र साहसको कामना गरेको छ ।
साथै सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
तर दुर्भाग्यवश, प्रदर्शनका क्रममा भएका घटनामा परि सार्वजनिक कम्पनीका रूपमा सञ्चालनमा रहेको मौलाकाली केबलकारमा समेत आगजनी र तोडफोड भई ठुलो क्षति हुन पुगेको जानकारी दिएको छ ।
गैँडाकोट र नवलपुरको पहिचान, पवित्र भूमि देवघाटको शिर, नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको मौलाकाली केबलकार गण्डकी क्षेत्रकै साझा गौरव र राष्ट्रिय सम्पत्तिको प्रतीक भएको बताइएको छ ।
साथै मौलाकाली केबलकार कुनै व्यक्तिगत सम्पत्ति नभई हजारौँ स्थानीय सेयर धनीहरूको संयुक्त लगानी तथा मेहनतको जगमा बनेको जानकारी दिइएको छ ।
‘देशकै पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि सँगसँगै स्थानीय रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजार विकासमा यसले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। त्यसैले यहाँ भएको तोडफोड र आगजनीले केवल हाम्रा स साना लगानीकर्ताहरू मात्र होइन, गैँडाकोट तथा चितवनका स्थानीय बासीहरू, कर्मचारी, उहाँहरूको परिवार तथा सम्पूर्ण पर्यटन क्षेत्रलाई नै गहिरो पीडा दिएको छ ।’ विज्ञप्तिमा लेखिएको छ ।
कम्पनीले यति ठुलो क्षति भए पनि सपना र अठोट नभाँचिएको र सबैले हातेमालो गरी छिट्टै सेवा सुचारु गर्ने जानकारी दिइएको छ । छौँ र अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने सङ्कल्प गर्दछौँ । साथै स्थानीय समुदायको निरन्तर सहयोग रहने अपेक्षा सहित र सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेष आग्रह पनि गरिएको छ ।








