जेनजी आन्दोलन: ओली सरकार अपदस्थ हुनुको कारण र कार्की नेतृत्वको अन्तरिम सरकारका चुनौती

नेपालमा भ्रष्टाचार र सरकारको नयाँ नियम अन्तर्गत दर्ता हुन नआएका फेसबुक, इन्ट्राग्राम, ह्वाटसप,ट्विटर, युटुभ लगायतका २६ वटा सामाजिक सञ्जालको प्रतिबन्ध विरुद्धमा भन्दै जेनजी पुस्ताले थालेको सडक आन्दोलनले नेपालको राजनीति उथलपुथल भयो।
मूलतः दुई दलिय अप्राकृतिक गठबन्धनबाट निर्माण भएको सन्काहा शासक खड्ग प्रसाद ओलीको निरङ्कुश सरकार अपदस्थ भयो। जेनजीको समर्थनमा नेपालको पहिलो महिला प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई प्रतिनिधि सभा विघटन र फागुन २१ गते निर्वाचन मिति घोषणा भयो।
- के हो gen-z पुस्ताको आन्दोलन?
सन् १९९७ देखी २०१२ सम्म जन्मिएका मानिसको युवा पुस्ता जिनजी (generation z) पुस्ता हो। सूचना प्रविधि, इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँगै जन्मिएका, हुर्किएका र सक्रिय भएका यस पुस्ताको आन्दोलन अभियान नै जिन जी आन्दोलन हो।
प्रविधिको दृष्टिकोणमा पुस्तालाई ५ भागमा विभाजन गरिएको छ।
१. Gen- x पुस्ता:- १९६५ देखी १९८० सम्म जन्म जन्मिएका र रेडियो, टि भि, कम्प्युटरसँग जानकार पुस्ता।
२. Gen- y पुस्ता:- सन् १९८१ देखी १९९७ सम्म जन्मिएका र इन्टरनेट, स्मार्टफोन, सामाजिक सञ्जाल प्रति परिचित पुस्ता।
३. Gen- z पुस्ता:- सन् १९९७ देखी २०१२ सम्म जन्मिएका र YouTube, TikTok, instragram, whatsApp सँगै हुर्किएका पुस्ता।
४. Gen- अल्फा:- सन् २०१३ देखी २०२४ सम्म जन्मिएका र YouTube, TikTok, instragram, whatsApp प्रविधिमै जन्मिएका हुर्किएका पुस्ता।५. Gen- बिटा:- सन २०२५ देखी २०२९ सम्म जन्मने र AI र Robet सँग हुर्कने र घुलमिल हुने पुस्ता।
-जिन जी पुस्ताले- विश्वमा सन २०२४/२०२५ मा केन्या, मङ्गोलिया, सर्विया, इन्डोनेसिया, माली, युक्रेन, फ्रान्स आदी देशमा भ्रष्टाचार, आर्थिक असमानता, महँगी, अलोकतान्त्रिक शासन, जलवायु परिवर्तन विरुद्ध आवाज उठाएको, आन्दोलन र अभियान चलाएको पाइन्छ।
- जिन जी आन्दोलनको नकारात्मक पक्ष
१.नेतृत्व विहीन आन्दोलन हुँदा आन्दोलनको वैधतामा प्रश्न उठ्ने,
२. जनसमर्थन कमजोर पार्न आन्दोलनमा घुसपैठ हुने खतरा
३. आन्दोलन हिंसात्मक, चरमोत्कर्ष र अव्यवस्थित भई भविष्यमा के गर्ने भन्ने योजना र कार्यक्रमको अभाव हुने जस्ता नकारात्मक प्रभाव छ।
- नेपालमा जिन जी आन्दोलन
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध जिन जी पुस्ताले २०८२ भाद्र २३ गते सुरु गरेको सडक आन्दोलनले संसद् भवन कब्जा गर्न जाँदा प्रहरीसँग मुठभेड भयो। युवाहरू एउटी आमाले जन्माइन अब देश आमाको लागी छातीमा गोली खान तयार छौ भन्दै सडकमा उत्रिए, हतियार बोक्ने सँग कलम बोकेर आएकाको केही जोर चलेन, १९ जना युवाहरू शहीद भए।
भाद्र २४ गते दोस्रो दिन सामाजिक सञ्जाल खुल्ला भए पछि जेनजी आन्दोलनको भिडियोहरू भाइरल भई सडकमा जेनजी हरूको ओइरो लाग्यो। पब्जी, फ्रिफायर जस्ता मोवायल गेमहरूमा लडाई गर्ने, आगो लगाउने, बन्दुक चलाउने गेम खेल्ने जेनजीहरु निडरतापुवक आन्दोलनमा आए। अर्कोतिर जेनजीको आन्दोलनमा सरकार विरोधी राप्रपा, रास्वपा, माओवादी समर्थक जेनजीहरु मिसिए। आन्दोलनले एकाएक सहरी विद्रोहको फ्युजन गर्यो।
आन्दोलनले उग्र रूप लिएपछि अप्राकृतिक गठबन्धनमा रहेको अहङ्कारी नालायक सरकारका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए।
उता नेपाली सेना सिंहदरबार, सर्वोच्च अदालत लगायतका महत्त्वपूर्ण कार्यालय जोगाउन नलागी ओलीलाई हेलिकोप्टर पठाई उद्धार गर्यो। त्यसपछि जेनजीहरुको मनोबल ह्वात्त बढ्यो भने प्रहरीहरूले के गर्ने नगर्ने आदेश पाउन सकेनन् र जेनजीहरु हाबी भए।
क्रमशः प्रदशनकारीको भिड राज्यका प्रमुख अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालयहरूमा प्रवेश गरी अनपेक्षितरुपमा तोडफोड र आगजनीका घटना भए।
सो घटनामा हालसम्म ५१ जनाको मृत्यु र करिब १५०० जना घाइते भएका छन् भने आन्दोलनले सरकार परिवर्तन भई जेनजीको समर्थनमा प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको नेतृत्वमा आएकी छन्। प्रतिनिधि सभा विघटन भई फागुन २१ गते निर्वाचन मिति घोषणा भएको छ।
- नया अन्तरिम सरकारको चुनौती र जिम्मेवारी
प्रविधिमा हुर्किएका नयाँ पुस्ता जेनजी, प्रधानसेनापति र राष्ट्रपति सहित बसी जेनजीको समर्थनमा गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको अब निम्न चुनौती र जिम्मेवारी रहेको छ।
१. समयमै तोकिएको निर्वाचन सम्पन्न गरी जन निर्वाचित सरकारलाई सत्ता सुम्पिने,
२.आन्दोलनको क्रममा मृत्यु भएका मृतक र घाइतेलाई उचित न्यायको लागी राहत, क्षतिपूर्तिसहित उपचार गर्ने गराउने,
३.आगजनी र तोडफोडबाट क्षतिग्रस्त सार्वजनिक सम्पत्तिको पुनर्निर्माण, पुनः स्थापना, सुरक्षा र संरक्षण गर्ने,
४. Gen- z आन्दोलनको छानबिन गर्न स्वतन्त्र छानबिन आयोग गठन गर्ने,
५. उच्च स्तरीय संविधान संशोधन आयोग गठन गर्ने।
६.भ्रष्टाचार हटाई प्रतिक्रान्ति रोक्ने र सुशासन कायम गर्ने
अन्त्यमा, नेतृत्व विहीन, गैर राजनीतिक चरित्रको सूचना प्रविधिमा घुलमिल हुने Gen z पुस्ता हो।स्वेच्छाचारी ढङ्गले सञ्चालित भ्रष्ट सरकारको जनता विरोधी कामकारबाही विरुद्ध (Generation z) को आन्दोलन सडकमा आयो।
आन्दोलनले घुस काण्ड, मानव तस्करी काण्ड, कुलमान बर्खास्त काण्ड, सहकारी काण्डमा मुछिएको सरकार परिवर्तन गरी निर्वाचन गराउने अख्तियारीका साथ अन्तरिम सरकार गठन गर्यो ।
प्रत्यक्ष निर्वाचित सरकार प्रमुख, निर्वाचन प्रणाली, संघीयताका मोडेल, न्याय प्रणाली जस्ता प्रावधानमा जनताका संविधान प्रतिका असन्तुष्टि सम्बोधन गर्न जन निर्वाचित सरकारलाई जिम्मा दिनुपर्छ र राजनीतिक दलले राजनीतिमा पुस्तान्तरण लाई आमन्त्रण गरेमा जिन जी पुस्ताको आन्दोलनको सार्थकता हुनेछ।
लेखक: अधिवक्ता सानु कार्की बस्नेत “सिता” (सहसचिव, झापा बार)








