चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने
२०८२ भदौ २७ गते

फाइल तस्बिर
हुम्ला । बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।
विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको हो । कम्पनीका अनुसार वर्ष चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका प्रमुख कृष्णबहादुर थापा मगरले भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन गरिने जानकारी दिए ।
उनका अनुसार खाद्यान्न र चिनीमा प्रतिकेजी ५ छुट दिइनेछ भने तेलमा प्रतिलिटर सात छुट दिइनेछ ।
२०८२ भदौ २७ गते
प्रतिक्रिया
सम्बन्धित








