छैटौं ब्रिटिश कप २०२५: चेल्सी इन्टरनेशनल र इनसाइट भिजन च्याम्पियन

 काठमाडौं । काठमाडौंमा सम्पन्न छैटौं ब्रिटिश कप २०२५ अन्तर–कलेज फुटसल प्रतियोगितामा हाईस्कुल तहमा चेल्सी इन्टरनेशनल एकेडेमी र ब्याचलर तहमा इनसाइट भिजन विजेता बनेका छन् ।

द ब्रिटिश कलेजको आयोजनामा यही भदौ ९ देखि १३ गतेसम्म धुकु स्पोर्ट्स हब, बालुवाटारमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा हाईस्कुल तहका १७ र ब्याचलर तहका २० कलेजहरूको सहभागिता रहेको थियो ।

हाईस्कुल तहको फाइनलमा चेल्सी इन्टरनेशनल एकेडेमीले डीएभी कलेजलाई हराउँदै उपाधि जित्यो । चेल्सीले नगद १ लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेता डीएभी कलेजले ५० हजार रुपैयाँमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ चेल्सी इन्टरनेशनलका बिमर्श बम ठकुरी उत्कृष्ट खेलाडी घोषित भए भने सोही टोलीका यशराज साह उत्कृष्ट गोलकिपर बने । एभीएमका रिजन महर्जन ११ गोलसहित सर्वाधिक गोलकर्ता बनेका छन् । फेयर प्ले अवार्ड रोम्बस सेकेन्डरी स्कुलले हात पार्‍यो । व्यक्तिगत विधाका विजेतालाई ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यस्तै, ब्याचलर तहको फाइनलमा इनसाइट भिजनले न्याथम कलेजलाई पराजित गर्दै उपाधि जित्यो । इनसाइटले १ लाख रुपैयाँ प्राप्त गर्दा न्याथमले उपविजेताका रूपमा ५० हजार रुपैयाँ प्राप्त गर्‍यो ।

ब्याचलर तहमा इनसाइटका रबिन चौलागाईं उत्कृष्ट खेलाडी घोषित भए भने सोही टोलीका सुजन बराम उत्कृष्ट गोलकिपर चुनिए । न्याथमका विविध विष्ट सर्वाधिक गोलकर्ता बने भने लिटिल एन्जल्स कलेजले फेयर प्ले अवार्ड जित्यो। यो तहका व्यक्तिगत विजेताहरूलाई १०–१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

द ब्रिटिश कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजेन कँडेलले प्रतियोगितालाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण विद्यार्थी, स्वयंसेवक, सहभागी तथा प्रायोजकहरूलाई धन्यवाद दिँदै आगामी संस्करणमा काठमाडौं बाहिरका कलेजहरूलाई समेत सहभागी गराउने योजना सार्वजनिक गरे ।

प्रतियोगिताको मुख्य प्रायोजक Empire Education and Visa Services थियो । त्यस्तै, Adventure Partner Babu Adventure, Hospitality Partner Godavari Village Resort, Entertainment Partner QFX Cinemas, Nutrition Partner Hilife Foods, Supporting Partner Inside Sports र Smartphone Partner Honor रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =