आसामले नेपाल ‘ए’ लाई दियो १ सय ९१ रनको लक्ष्य
२०८२ भदौ १२ गते

काठमाडौं । भारतको आसाम स्टेट क्रिकेट टिमले नेपाल ‘ए’ लाई १ सय ९१ रनको लक्ष्य दिएको छ ।
पहिले ब्याटिङ गरेको आसामले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ९० रन जोड्यो ।
अन्तिमका दुई ओभरमा नेपालले खराब बलिङ गर्यो । आकाश चन्द र सागर ढकालले अन्तिमका दुई ओभरमा सर्वाधिक रन खर्च गरे ।
नेपालका लागि आकाश चन्दले सर्वाधिक ३ विकेट लिए । विवेक यादव र कमलसिंह ऐरीले समान २–२ विकेट लिए ।
आदिल आलमले १ विकेट लिए ।
२०८२ भदौ १२ गते
प्रतिक्रिया
सम्बन्धित








