आसामले नेपाल ‘ए’ लाई दियो १ सय ९१ रनको लक्ष्य

काठमाडौं । भारतको आसाम स्टेट क्रिकेट टिमले नेपाल ‘ए’ लाई १ सय ९१ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको आसामले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ९० रन जोड्यो ।

अन्तिमका दुई ओभरमा नेपालले खराब बलिङ गर्‍यो । आकाश चन्द र सागर ढकालले अन्तिमका दुई ओभरमा सर्वाधिक रन खर्च गरे ।

नेपालका लागि आकाश चन्दले सर्वाधिक ३ विकेट लिए । विवेक यादव र कमलसिंह ऐरीले समान २–२ विकेट लिए ।

आदिल आलमले १ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =